उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुको ५ दलिय गठबन्धन ‘ क्लिन स्विप ‘

  • this is image NayaNaya Khabar
  • 396 दिन अगाडि

theme

उर्लाबारी, ७ चैत ।  मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघकोप्यानल नै विजयी बनेको छ ।

नेविसंघले ५ विद्यार्थी संघको सयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै विजयी बनेको हो । हिजो सम्पन्न स्ववियु निर्वाचनमा कुल १हजार ३ सय ५९ मत मध्ये नौ सय ९० मत खसेको थियो  । जसमा नेविसंघबाट उम्मेदवार बन्नु भएका विवेक कार्कीले ६ सय ५१ मतप्राप्त गर्नु भयो भने अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दहालले ३  सय २५ मत प्राप्त गर्नु भएको निर्वाचनआयोगले जनाएको छ ।
 उर्लाबारी क्याम्पसमा स्थापना कालदेखी नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा एमाले निकट विद्यार्थी संघले यस पटक पनि नेतृत्वहत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रितीदहाललाई उम्मेदवार बनाएको थियो । तर यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयीगराएको छ ।

यस्तै पदाधिकारी सचिव तर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वरअधिकारीले ३ सय ७० मत प्राप्त गर्नु भएको छ । यस्तै कोषाक्ष्यमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा  संयुक्त विद्यार्थीसंगठनका भिम बहादुर मंग्रान्तीले ३ सय ७५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रतक्ष्यतर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दिप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना वि.क. ले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५सय २६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्य प्रत्यक्ष्य तर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दिपेन्द्र बहादुर विश्वकर्माले ४ सय २१ विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ रविश्वास राईले ३ सय ६३ मत प्राप्त गर्नु भएको छ ।

यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिलक्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

स्थापना कालदेखी नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुदै आएको अनेरास्ववियुलाई वि.स २०६२ सालमा नेविसंघले एकउपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो ।

हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरणामले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई क्लिन स्विप गर्दैनेविसंघ विजयी बनेको छ ।