दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थकान हट्छ

  • this is image NayaNaya Khabar
  • 403 दिन अगाडि

theme

दहीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा भिटामिन, प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, फस्फोरस र फोलिक एसिड जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । साथै, यसमा प्रशस्त मात्रामा प्रोबायोटिक्स हुन्छ जसले शरीरमा राम्रो ब्याक्टेरिया बढाउन मद्दत गर्छ । मानिसहरू धेरै तरिकाले दही खान्छन् । कसैलाई सादा दही खान मन पर्छ भने कोही यसमा नुन वा चिनी मिसाएर खाने गर्छन् । आज यस लेखमा हामी तपाईँलाई केही यस्ता कुरा बारे बताइरहेका छौँ, जसलाई दहीमा मिसाएर खाँदा दोहोरो पोषण मिल्छ । 

तत्काल ऊर्जाका लागि दहीमा मिसाएर खानुहोस् यी खानेकुरा 

दही र गुड

गुड मिसाएर दही खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगबाट बच्न सकिन्छ । गुडमा पाइने आइरनले शरीरमा हेमोग्लोबिनको स्तर बढाउन मद्दत गर्छ । यसले रक्तअल्पत्ताको समस्या हटाउँछ र शरीरलाई शक्ति प्रदान गर्छ । दहीमा दैनिक गुड मिसाएर खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ । यसले अपच, ग्यास र एसिडिटी जस्ता समस्याबाट छुटकारा पाउन मद्दत गर्छ ।

दही र किसमिस

किसमिसमा पौष्टिक तत्त्व प्रशस्त मात्रामा पाइन्छ । यसमा प्रोटिन, आइरन, फाइबर र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । किसमिस मिसाएर दही खाँदा शारीरिक कमजोरी र थकान हट्छ । यसका साथसाथै शरीरलाई तत्काल ऊर्जा पनि प्राप्त हुन्छ । यसको प्रयोगले युरिनरी ट्र्याक्ट इन्फेक्सनमा पनि धेरै राहत मिल्छ । यसलाई हरेक बिहान खाली पेटमा सेवन गर्दा बढी फाइदा हुन्छ ।

दही र जिरा

पाचन सम्बन्धी समस्याले दिक्क हुनुहुन्छ भने दहीमा जिरा मिसाएर खानुहोस् । यो मिश्रण पाचन प्रणालीलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ । भुटेको जिरा र बिरे नुन दहीमा मिसाएर खाँदा भोक बढ्छ र पाचन क्रियामा सुधार हुन्छ । यसले तपाईँलाई ऊर्जावान् महसुस गराउँछ।

दही र ड्राई फ्रुट्स

शरीरमा कमजोरी भएमा वा दिनभरि थकान महसुस भएमा ड्राई फ्रुट्स मिसाएर दही खानुहोस् । दहीमा काजू, बदाम र ओखर जस्ता ड्राई फ्रुट मिसाएर सेवन गर्दा शरीरलाई तत्काल ऊर्जा मिल्छ । यसको नियमित सेवनले तौल बढाउनुका साथै स्मरण शक्ति पनि तेजिलो बनाउँछ ।

तत्काल ऊर्जा प्राप्त गर्न दहीमा यी खानेकुरा मिसाएर खान सकिन्छ ।