प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिता को उपाधि मिक्लाजुङ १ लाई

  • this is image NayaNaya Khabar
  • 406 दिन अगाडि

theme

मधुमल्ला/ माेरङकाे मिक्लाजुङ गाउपालिकामा वडा नं १ मा सञ्चालित प्रथम उपाध्यक्ष भलिबल प्रतियोगिताकाे उपाधि माथि वडा नं १ ले कबब्जा जमाएकाे छ  । आज सुक्रबार भएकाे फाईनल खेलमा वडा नं.१ ए ले मिक्लाजुङ वडा नं ४ लाई ३ को सेटमा हराउंदै वडा नं.१ ए ले उपाधि माथि कब्जा जमायाे । यस्तै वडा नं १ बि ले प्रतियाेयाेगितमा तेस्रो  स्थान हांसिल गर्याे ।  
 प्रथम, दितिय र तृतिय स्थान हांसिल गर्नेले क्रमश नगद रु ४० हजार,  २० हजार र   १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र  प्राप्त  गरे ।  प्रथम, दितिय र तृतिय स्थान हांसिल गर्ने टिमलाई मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष  दिनेश पौडेलले नगद पुरस्कार ट्रफि, मेडल र प्रमाणपत्र  बितरण गर्नु भएको  थियाे ।  कार्यक्रमलाई सम्बाेधन गर्दै मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पाैडेलले मिक्लाजुङ गाउँपालिकाले सबैप्रकारका खेलहरूलाई प्राथमिकतामा राखेर नियमित रूपमा सञ्चालन गर्ने बताउनु भयाे  ।
साथै मिक्लाजुङ गाउँपालिका वडा नं १ मा यति सभ्य र भब्य रूपमा प्रथम उपाध्यक्ष कप भलिवल प्रतियाेगिता सम्पन्न  गर्ने  तनमनले सहयाेग सबै प्रति  मिक्लाजुङ गाउंपालिका उपाध्यक्ष दिनेश पाैडेलले हार्दिक अाभार सहित धन्यवाद व्यक्त गर्नु भयाे ।