समाजसेबामा अब्बल अजय अग्रबाल

  • this is image NayaNaya Khabar
  • 411 दिन अगाडि

theme

 एक जना युवा समाजसेवामा लाग्दा कति परिवर्तन गर्न सकिदो रहेछ भन्ने उदाहरण हुनुहुन्छ झापा दमकका युवा उद्यमी तथा समाजसेबी अजय अग्रवाल । दुलर्भ रक्तसमूहका धनी अग्रबालले असी पटक भन्दा वढि रक्तदान गरेर दर्जनौको ज्यान बचाउन सहयोग पुरयाउनुभएको छ ।अग्रवाल तीन तीन महिनामा रक्तदान गर्नुहुन्छ । प्राकृतिक प्रकोपको समयमा रातदिन नभनि उद्धार र राहतमा खटनुभएको छ । कोरोना कहरका समयमा उहाँ उल्लेख्य रुपमा सेवामूखी कार्यमा अग्रसर हुनुभयो ।
 सन २०१४ मा पत्रकार मञ्च दमकका कार्य समिति सदस्य निरज अग्रवालले पेटमा टयुमर पलाएर उपचार नपाएका खजुरगाछीका एक जना बालकको बिषयमा समचार बाहिर ल्याएपछि पत्रकार बिष्णु पोखरेलले फेसबुकमा ती बालकको उपचारका लागि आग्रह गर्नुभयो । तत्काल लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका दमकका तत्कालिन अध्यक्ष अजय अग्रवालले आफनो गाडी पठाएर उपचारका लागि दमक ल्याउनुभयो र उपचारमा सहयोग गर्नुभयो । यो त एक उदाहरण मात्र हो मानवीय सहयोग आवश्यक परेका बेला दमक क्षेत्रमा अजय अग्रवाललाई सम्झने गरिन्छ । सहयोगका लागि अग्रवाल सदैब तत्पर हुनुहुन्छ ।

liiii-300x225.jpg 22.61 KB
सामाजिक सेवालाई नै जिन्दगीको एक प्रमुख लक्ष्य बनाएका अग्रबाललाई लायन्स क्लवको डिस्ट्रिक भाइस गभर्नरमा प्रस्ताब गरिएको छ । लायन्स क्लब अफ झापा दमकले अग्रवाललाई लायन्स क्लव ईन्टरनेशनल ३२५ सी अन्तर्गत लायन बर्ष सन् २०२३÷०२४ का लागि सेकेण्ड भाइस गर्भनरमा प्रस्ताब गरेको हो । क्लबका अध्यक्ष अशोक चौधरीले क्लबका तर्फबाट अग्रवाललाई सो पदमा सर्वसम्मत अघि सार्ने निर्णय भएको बताउनुभयो । अग्रबाल हाल ग्लोबल सर्विस टीम डिस्ट्रिक कोअर्डिनेटर हुनुहुन्छ । उहाँ दुई दशक अघि देखि लायन्स क्लबको माध्यमबाट समाजसेवामा सक्रिय हुनुहुन्छ । करिब १० बर्ष अगाडी देखि जन्म दिन र बैबाहिक उत्सबका कार्यक्रम उहाँले अनाथ आश्रम र जेष्ठ नागरिक आश्रममा मनाउदै आउनुभएको छ । त्यहाँ आवश्यक पर्ने खादयान्न,टेलिभिजन,कापी,स्कुलब्याग लगायतका समाग्री प्रदान गर्नुभएको छ ।अरु लायन्स मेम्बरहरुलाई पनि सहयोगका लागि उत्प्रेरित गर्नुभएको छ । प्राकृतिक प्रकोपका समयमा अग्रबालकै नेतृत्वमा राहत र सहयोगका कार्यक्रम सञ्चालन हुने गरेका छन । उहाँले जेसीज,उद्योग बाणिज्य संघ,मारबाडी सेवा समिति,हनुमान मन्दिरको कार्यसमितिमा रहेर कुशल नेतृत्व क्षमता देखाइसक्नुभएको छ । उहाँ नेपाल रेडक«स सोसाइटीको आजीवन सदस्य हुनुहुन्छ । पूर्व क्षेत्रमा क्लव मेम्बर अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेका अग्रवालले लियो क्लवमा युवाहरुलाई उल्लेखित रुपमा अभिप्रेरित गर्नुभएको छ । लायन्स क्लबका प्राःय सबै नेशनल कन्भेन्सनमा उहाँको सहभागिता रहेको छ । २०६६ देखि क्याविनेट मिटिङमा सहभागि अग्रबाल पाँच बटा अन्तराष्ट्रिय कन्भेक्सनमा सहभागि भइसक्नुभएको छ ।उहाँ दर्जनौ लायन्स अन्तराष्ट्रिय र डिष्ट्रिक अवार्ड बाट सम्मानित भइसक्नुभएको छ । अग्रवाल लायन्स क्लव मार्फत आफनो जीवन सामाजिक सेवामै सर्मपित गर्न चाहनुहुन्छ ।
अजय अग्रबालले गर्नुभएका अन्य केहि कामहरु ः
लायन्स क्लबले संचालन गरेर बन्द भएको पाथीभरा नेत्रालय दमकलाई पूनः संचालन गराउनुभएको ।
रुख बिरुवा रोप्ने र हेरचाह हुर्काउने कार्यमा अगुवाई ।
कोभिडको समयमा लायन्स आम्दा आकष्मिक कक्ष निर्माणमा महत्वपूर्ण योगदान ।
दुर्गम ठाँउहरुमा स्वास्थ्य शिबिर,आँखा सिबिर लगायतका कार्यक्रम सञ्चालनको अगुवाई ।
सन २०१४ मा क्लब प्रेसिडेन्ट हुदाँ सिक्किममा भएको क्याबिनेट बैठक उहाँकै अगुवाइमा होष्ट गरिएको ।
आफू क्लब प्रेसिडेन्ट हुदाँ आफू लगायत पाँच जनापदाधिकारीलाई अमेरिकामा भएको अन्तराष्टिय सम्मेलनमा सहभागि गरानुभएको ।