धप्परद्धारा उपाधी माथी कब्जा

  • this is image NayaNaya Khabar
  • 461 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिका वाडा नं. २ मा तिल्केनी युथ क्लबको आयोजनामा सञ्चाली खुल्ला नकउट फुटबल प्रतियोगिताको उपाधीमा धप्पर फुटबल क्लबले कब्बजा जामाएको छ । 
बिहिबार भएको फाइनल खेलमा योङवोई धरधरे फुटबल क्लब र धप्पर फुटबल क्लब बिच भएको फाइनल खेलमा योङ वोई धरधरेलाई ३–० अन्तरले हराउँदै धप्परले उपाधी माथी कब्जा जमाएको हो ।
बिहिबारको फाइनल खेलमाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी  मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दीनेश पौडेलले एम्पायरलाई बल दिएर खेलको उद्घाटन गरिएको थियो । 
प्रतियोगितामा प्रथम र द्धितिय  हुनेले क्रमश नगद ३० हजार, १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पौष २५ गते देखी सुरु भएको प्रतियोगितमा १८ टीमको सहभागीता रहेको खेल आयोजक कमिटीका सचिब सारोज किरातीले बताउनु भयो ।  
फाइनल खेल प्रतियोगिता हेर्न मिक्लाजुङ गाउँपालिकाका बिभिन्न वडाका वडाध्यक्षहरु, वडा सदस्यहरु, संघ संस्था प्रतिनिधीहरु लगायत उल्लेख्यमात्रामा दर्शकको उपस्थिती रहेको थियो ।