उपाध्यक्ष कप भलीवल प्रतियोगितामा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल सेमिफाइनलमा

  • this is image NayaNaya Khabar
  • 461 दिन अगाडि

theme

मधुमल्ला, इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ कुइनेटारमा माघी पर्व २०७९ को अवसर पारेर सञ्चालन गरिएको दोस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो दिनको खेलमा चुलाचुली, उर्लाबारी, बेलबारी र कमल बिजयी भएका छन ।
पहिलो खेलमा आयोजक चुलाचुली गाउँपालिका र बेलडाँगी झापा बिचको खेलमा चुलाचुली बिजयी भयो । दोश्रो खेलमा उर्लाबारी नगरपालिकाले शिव साताक्षी  नगरपालिकालाई हराउँदै उर्लाबारी नगरपालिका बिजयी भयो । त्यस्तै तेस्रो खेलमा बेलबारी नगरपालिकाले मिक्लाजुङ गाउँपालिकालाई हराउँदै बेलबारी नगरपालिका बिजयी भयो ।  चौथो खेलमा कमल गाउँपालिका र मिक्लाजुङ गाउँपालिका पाँचथर बिचको खेलमा कमल गाउँपालिका झापा बिजयी भएको छ ।
माघ १ गते हुने  पहिलो सेमिफाइनल खेल चुलाचुली गाउँपालिका र बेलबारी नगरपालिका त्यस्तै दोस्रो सेमिफाइनल खेल उर्लाबारी नगरपालिका र कमल गाउँपालिका बिच हुने दोस्रो उपाध्यक्ष कप भलीवल प्रतियोगिता सञ्चालन समितिका संयोजक डम्बर तुम्ब्रोक बताउनु भयो ।
आजको उद्घाटन खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ साथै मिक्लाजुङ र चुलाचुली गाउँपालिकाका  वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।