मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि

  • this is image NayaNaya Khabar
  • 485 दिन अगाडि

theme

मोरङको मिक्लाजुङ गाउँपलिका वडा नं. ७ वन कार्यलय उत्तर मालबारी जाने  सडकमा कालोपत्रेको काम मापदण्ड अनुसार नबनाइएको आरोप लागेको छ । वडा नं. ८ का पुर्व वडाध्यक्ष नविन कार्की सहितको टिमले उत्त आरोप लगाएको हो ।

कार्कीका अनुसार बाटो कालोपत्रे गर्ने काम धमाधम भइरहेको र सोहि कार्यमा ठेकेदारले बाटोको बेसमा लापर्बाहि गरेको भन्दै आरोप लगाएका हुन । 

यता कार्कीको आरोपलाइ वडाध्यक्ष पुर्ण बहादुर कुँवरले भने खण्डन गरेका छन । उत्त बाटो ठेक्का सम्झौता अनुसार नै बनाइएको र कुनै पनि मापदण्ड नमिचेको दाबि उनको छ । उनले इन्जीनियर तथा ठेकेदार कार्यस्थलमै उपलब्ध रहेकाले 

निर्माणमा भएका कम्जोरी औलाएर कामलाइ सफल बनाउँदै सँगै दिगो विकाशमा साथ दिन आह्वान समेत गरेका छन ।