निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 17 दिन अगाडि

मधुमल्ला/दक्षिणी इलामको चुलाचुली गाउँपालिक वडा नं. ६ र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ को संगम स्थल कुइनेटनरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ । पञ्चमी अर्जेन्ट केयर प्रा.ली. दमक, झापा र कुइनेटार धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिको संयुक्त आयोजनमा सञ्चालन भएको निःशुल्क स्वस्थ्य शिविर कार्यक्रममा ३५ जनाको नाक, कान, घाँटी परिक्षण, ४० जनाको फोक्सो जाँच, ३७ जनाको पाठेघरको मुखको क्यान्सर जाँच, ७० जनाको गाइनो जाँच र १० जनाको सुगर प्रेसर परिक्षण गरीएको थियो । कार्यक्रममा डा. प्रवेश कार्की, डा. दिनेश कुमार मित, डा. अनुपम घिमीरे र डा. राज महतोले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो ।
शिविरमा सहभागीहरुलाई आवस्यकताका आधारमा बिभिन्न ६२ प्रकारका औषधीरु नि:शुल्क वितरण गरीएको कार्यक्रमका सहआयोजक कुइनेटार धार्मीक पर्यटकीय व्यवस्थापन समितिका उपाध्यक्ष केवी किरातले बताउनु भयो । यस प्रकारका कार्यक्रमले ग्रमीण क्षेत्रमा रहेका बिरामीहरुको पहिचान गरी रोग निधान गर्न सहयोग पुग्ने स्थानीय आयोजकले विश्वास लएको छ । आफ्नै ग्रमीण क्षेत्रमा आएर स्वस्थ्य परिक्षण गर्न पाउँदा खुशी लोगेको स्थानीय धनबहादुर बोहोराले बताउनु भयो ।
-
-
-
-
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा वितरण
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
प्रिय मान्छे
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै