निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
NayaNaya Khabar
- 334 दिन अगाडि
मधुमल्ला/दक्षिणी इलामको चुलाचुली गाउँपालिक वडा नं. ६ र मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. २ को संगम स्थल कुइनेटनरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम शनिबार सम्पन्न भएको छ । पञ्चमी अर्जेन्ट केयर प्रा.ली. दमक, झापा र कुइनेटार धार्मिक तथा पर्यटकीय व्यवस्थापन समितिको संयुक्त आयोजनमा सञ्चालन भएको निःशुल्क स्वस्थ्य शिविर कार्यक्रममा ३५ जनाको नाक, कान, घाँटी परिक्षण, ४० जनाको फोक्सो जाँच, ३७ जनाको पाठेघरको मुखको क्यान्सर जाँच, ७० जनाको गाइनो जाँच र १० जनाको सुगर प्रेसर परिक्षण गरीएको थियो । कार्यक्रममा डा. प्रवेश कार्की, डा. दिनेश कुमार मित, डा. अनुपम घिमीरे र डा. राज महतोले विरामीहरुको स्वास्थ्य परिक्षण गर्नु भएको थियो । 
शिविरमा सहभागीहरुलाई आवस्यकताका आधारमा बिभिन्न ६२ प्रकारका औषधीरु नि:शुल्क वितरण गरीएको कार्यक्रमका सहआयोजक कुइनेटार धार्मीक पर्यटकीय व्यवस्थापन समितिका उपाध्यक्ष केवी किरातले बताउनु भयो । यस प्रकारका कार्यक्रमले ग्रमीण क्षेत्रमा रहेका बिरामीहरुको पहिचान गरी रोग निधान गर्न सहयोग पुग्ने स्थानीय आयोजकले विश्वास लएको छ । आफ्नै ग्रमीण क्षेत्रमा आएर स्वस्थ्य परिक्षण गर्न पाउँदा खुशी लोगेको स्थानीय धनबहादुर बोहोराले बताउनु भयो ।
-
-
-
-
-
श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः र...
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
झापाका नवीन गिरीले दिए एनआरएनए माल्टामा उम्मेद्बारी
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
जनताको घरदैलोमा खड्ग फागो : समस्या सुन्दै विकासको प्रति...
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
मिरा राई फाउण्डेशनले आगामी चैत १८ गते छैटाैँ भोजपुर ट्र...