बिद्यार्थीहरुलाई ट्रयाक सुट वितरण
-
NayaNaya Khabar
- 571 दिन अगाडि
मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मा रहेको बहुमुखी आधारभूत विद्यालयलयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण कार्यक्रम सम्पन्न भएको छ । मधुमल्ला र उर्लाबारीका लायन्स क्लबहरुको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । उर्लाबारीका लायन्स क्लबहरु उर्लाबारी, उर्लाबारी आस्था, इस्टर्न मोरङ र लायन्स क्लब अफ मधुमल्लाको संयुक्त आयोजनामा सो विद्यालयमा कक्षा १-५ सम्म अध्ययनरत ६३ जना विद्यार्थीहरुलाइ ट्रयाक सुट वितरण गरिएको लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष प्रेम राज नेपालले बताउनु भयो ।
सो कार्यक्रमको संयोजन लायन्स कलब अफ मधुमल्लका प्रथम अध्यक्ष छत्र डागीको जन्मदिनको सन्दर्भ पारेर गरिएको थियो । जन्मदिन मनाउन फजुल खर्च गर्नुको सट्टा मानवीय सेवा भावमा केही कार्य गरौं भन्ने उदेश्यले आफुले क्लबमा प्रस्ताब गरेको र आज अन्य क्लबहरुको समेत सहयोग र ब्यवस्थापनमा बृहत रुपमा कार्यक्रम सभ्य भब्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नु भयो ।
ट्रयाक सुट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब अफ इन्टरनेशनल ३२५ सी का गर्भनर लायन विकास अधिकारीले सेवा भावले स्थापित लायन्स क्लबहरुको संयुक्त आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरिएको सहयोग उपयोगी हुने बताउनु भयो । कार्यक्रममा फस्ट डिस्टिक गभर्नर बबरजंग थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ सी का लायन लिडरहरु र आयोजक क्लबका सदस्यहरु को उपस्थिती रहेको थियो ।
विद्यालयका प्र.अ प्रेम निरौलाले लायन्स क्लबहरुले मधुमल्लामा आएर बहुमुखी आधारभुत बिद्यालयलाई सहयोग गरेको प्रती लायन्स क्लबहरुलाई धन्यबाद ज्ञापन गर्नु भयो । कर्यक्रममा स्वागत मन्तब्य लायन्स क्लब अफ मधुमल्लाका पुर्व अध्यक्ष कोमल प्रसाद ढकालले कार्यक्रम संचालन पुर्व अध्यक्ष अमृत कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम लायन्स क्लब अफ मधुमल्लाका अध्यक्ष लायन प्रेमराज नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
-
-
-
-
-
मोरङ्को मिक्लाजुङ वाड न:४ पञ्चमि डाँडा साँगितिक कार्यक्...
-
बिहारमा कोशी नदीमाथि भारतले बनाउँदै गरेको पुल भत्कियो
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
कानेपोखरीको खिर कहानी: राजमार्गसँगै पाक्न थालेको खिर यस...
-
३१ औं अन्तराष्ट्रिय अपांगता दिवश मनाउन मिक्लाजुङ भब्य त...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
सप्तकोशीमा ढुङ्गा दुर्घटना प्रकरण पत्रकारको उपचार गर्द...