तेह्रथुममा आमाको हत्या गर्ने छोरा पक्राउ
-
NayaNaya Khabar
- 499 दिन अगाडि
तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
बिहिबार दिउँसो सामन्य विबादका कारण आफ्नै ४६ बर्षीया आमा तिलमाया नेपालीलाई शरिरको बिभिन्न भागमा धारिलो हतियार खुकुरीले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तेह्रथुम र इलाका प्रहरी कार्यालय बसन्तपुरबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल म्याङलुङ पठाइएको छ। हत्यामा संलग्न नेपालीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
-
-
-
-
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
बारको राष्ट्रिय सम्मेलन स्थगन
-
थापा लायन्सको ३२५ सीको डिस्टृक भाइस गभर्नर पदका उम्मेद्...
-
मिक्लाजुङलाई सहयोग गर्न गाउंपालिका अध्यक्षको राष्ट्रपति...
-
जापानका सांसद कुबोटा बीच भेटवार्ता
-
ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीम...
-
शिक्षकहरु द्धार पालिकमा धर्ना