मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको घरको छान लगाउनका लागि जस्तापाता हस्तान्तरण गरेको छ ।

  • this is image NayaNaya Khabar
  • 330 दिन अगाडि

theme

मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुको घरको छान लगाउनका लागि जस्तापाता हस्तान्तरण गरेको छ । 
वडाको सिफारीसमा मंगलबार गरिब तथा बिपन्न र आर्थिक अवस्था कमजोर भएका वडा नं. ६, ७ र ९ का ७ घर परिवारलाई जस्तापाता वितरण गरीएको हो । साथै वडा कार्यालयको सिफारीषमा  अन्य वडाका गरिब, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई समेत जस्ता पाता वितरण गरीने मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले बताउनु भयो ।