संजय राई अर्थात कुशल ‘इभेन्ट प्रोडक्सन म्यानेजर !’

  • this is image NayaNaya Khabar
  • 347 दिन अगाडि

theme

कुनैपनि कार्यको उद्देश्य हासिल गर्न विभिन्न कार्यहरु, विभिन्न तहगत लक्ष्यहरु र विभिन्न व्यक्तिगत लक्ष्यबीच समन्वय ल्याउन सकिँदैन । त्यसैले कार्यक्रमलाईलाई गन्तव्यमा पुर्याउनपनि व्यवस्थापकको महत्वपूर्ण भूमिका रहन्छ । यदि व्यवस्थापन पक्ष गतिहीन तथा अक्षम भयो भने कार्यक्रमको प्रभावकारितामा प्रश्नचिन्ह खडा हुन्छ । व्यवस्थापन लिने व्यक्तिमा अरुलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डोर्याउन सक्ने विशिष्ट खुबी हुन जरुरी छ । यस्तै, विशिष्ट क्षमता र सम्भावना बोकेका व्यक्ति हुन्, संजय राई ।

001.jpg 258.33 KB
खोटाङ जिल्लाको साकेला ३ मा जन्मे हुर्केका संजय अहिले २६ वर्षका लक्का जवान भैसकेका छन् । काठमाडौको रंगिन दुनीयाँमा स्थापित हुन त कहाँ सहज छ र ! यद्यपि लगन र अथक मिहिनेतले संजय राईलाई म्युजिक भिडियोको क्षेत्रमा जम्न कुनै सम्स्या रहेन । ‘इभेन्ट प्रोडक्सन म्यानेजर’ उनको यो बेलाको चिनारी हो । ५ वर्ष अघि राजधानी शहर काठमाडौ छिरेका उनी बिना काम बस्नु पर्दाको छटपटी भिडियोमा काम गरेर मेट्ने हुटहुटी चलेको सुनाउछन् । संजयको लगाव म्युजिक भिडियोमै थियो । ‘आफ्नो तलतल मेट्नलाई भिडियो रोजेँ’ संजय भिडियोतर्फ मोहित हुनुको कारण सुनाउँछन् । उनी आफू गीत गाउँदैनन्, म्युजिक भिडियोमा अभिनय गर्दैनन् । तर, म्युजिक भिडियो सुटिङका सबै जिम्मेवारी बोक्छन् । लोकेशन हेर्नेदेखि लिएर सुटिङको सम्पुर्ण प्रबन्ध मिलाउछन् । आफुले व्यवस्थापन सम्हालेका दर्जनजति म्युजिक भिडियोहरू सार्वजनिक भइसकेको उनले जनाए । धेरै म्युजिक भिडियोको गुणस्तर एकदमै कमजोर हुने गर्छ । जानकारहरूका भनाइमा गीत र भिडियोको स्तर दिनानुदिन खस्किंदो छ । संजयको भनाईमा म्युजिक भिडियो रुचाउन गीत र भिडियोको तालमेल मिल्नु आवश्यक छ । अहिलेका गीत कस्ता छन् भनेर समीक्षा गर्नुभन्दा पनि गीत र भिडियोको तालमेल मिलाउने कुरामा ध्यान दिनुपर्ने राईको कथन छ । गीत, संगीत र छायाँकन पक्षको गुणस्तरसंग उनको कामले लेनादेना राख्दैन । तर, आफ्नो व्यवस्थापकीय भुमिका रहेको भिडियो चर्चित हुनुको मजा बेग्लै रहेको संजय सुनाउछन् । ‘सबैभन्दा ठूलो कुरा हामीले गीत हेर्दा पनि राम्रो लागोस्, सुन्दा पनि आनन्द आओस्’ उनले भने, ‘सबै कुराको तालमेल मिलाएर काम गर्ने हो भने म्युजिक भिडियोले लगानी उठाउँछन् ।’