श्रम स्वीकृति मिक्लाजुङ गाउँपालिकाबाट पनि हुन थाल्योः रोजगार संयोजक चेम्जोङ

  • this is image NayaNaya Khabar
  • 360 दिन अगाडि

theme

किशाेर निराैला
मोरङ्को मिक्लाजुङ गाउँपालिकाले  बैदेशिक रोजगारीका लागि जानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । गाउँ पालिकाकाे  रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने श्रम स्वीकृति गर्न थालेको हो ।

श्रम स्वीकृतिका लागि कार्यालय बाहिर बस्ने एजेन्टहरुले ठूलो रकम असुल्ने गुनासो अब हट्ने भएको छ । एजेन्टहरुले श्रमका लागि फारम भरेको नै धेरै रकम असुल्ने गरेका थिए । श्रम स्वीकृति सरकारले स्थानीयतहमा नै गर्न मिल्ने गरी अनुमति दिएसँगै धेरै मानिसहरुलाई राहत हुने भएको छ ।

स्थानीयतहमा निशुल्क श्रम स्वीकृतिका लागि फारम भर्न थालेपछि काठमाण्डौ र विराटनगर जानु पर्ने बाध्यता हटेको मिक्लाजुङ गाउँपालिका  रोजगार संयोजक  क्षितिज चेम्जोङले  जानकारी दिए । उनका अनुसार स्थानीयतहले श्रम स्वीकृतिका लागि फारम भरिदिने काम गर्ने छ । सेवाग्राहीहरुकै आइडी बनाएर फारम भरिदिने हो । उनले भने, यो व्यक्ति आफैले भर्न मिल्ने भएकाले फारम भर्न सिकाइदिने काम पनि गर्दै आएका छौ ।

श्रम स्वीकृतिकालागि अनलाइन फारम भर्नका लागि भिसा लागेको राजदाहनी, बैंंकको चेकबुक र पासपार्ट साइजको फोटो आवश्यक पर्ने संयोजक चेम्जोङले  जानकारी दिए ।

फारम भरेपछि श्रम भएको कोड सम्बन्धित सेवा ग्राहीको मोबाइलमा पठाउँछ र केही समय पछि श्रम प्रमाण पत्र इमेलमा आउने गरेको छ। गाउँपालिकाले  त्यसरी इमेलमा आएको प्रमाण पत्र प्रिन्ट गरेर दिने सम्मको काम गर्दै आएको मिक्लाजुङ गाउँपालिकाले जनाएको छ।
बैशाख १ बाट देशभरका स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको निम्ति फारम भर्ने र स्वीकृति प्रदान गर्न कामको थालनी गरेको थियो ।