दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
NayaNaya Khabar
- 1320 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा दुई महिना अवधीको फुटबल खेल प्रशिण शुरु भएको छ । मिक्लाजुङ गाउँपालिकाको आयोजनामा मिक्लाजुङ गाउँपालिका क्षेत्रमा फुटवल खेलको विकास गर्ने उदेश्यले १८ बर्ष मुनीका मिक्लाजुङ गाउँपालिका क्षेत्रका खेलाडीहरुलाई सहभागी गराई फुटबल खेल प्रशिक्षण गराइने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलले बताउनु भयो ।
दुई महिना अवधीको फुटबल खेल प्रशिक्षणको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष तथा खेलकुद विकास समिती संयोजक दीनेश पौडेल र शिक्षा शाखा अधिकृत कांशिनाथ खनालले खेल प्रशिक्षकहरु कुमार गिरी र सुेरन्द्र थापालाई संयुक्त रुपमा वल दिएर गर्नु भएको थियो ।
मिक्लाजुङ गाउँपालिकाको ३ स्थानामा भुगोल अनुसार समेटेर दुई महिना अवधीको फुटबल खेल प्रशिक्षण गराइने बताइएको छ । जस अन्र्तगत मिक्लाजुङ गाउँपालिका वडा नं.२,६,७ र ८ लाई समेटेर मनोहर जनता माविको खेल मैदानमा शुक्रबारबाट खेल प्रशिक्षण शुरु भएको हो ।
-
-
-
-
-
एक्लो मानिसको कथा
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
मंगलबारे फुटबल क्लब सेमिफाइनलमा
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
पशु व्यवसायिकरण मिसन कार्यक्रम उद्घाटन
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
खाडीमा भेटौँला!
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मिक्लाजुङ गाउँपालिका र नोबेल तथा KMC बीच उपचार सेवामा छ...