एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठालाई शिरमा राखेर अघि बढेको छु’
-
NayaNaya Khabar
- 1106 दिन अगाडि
उर्लाबारी, २३ असोज
नेकपा एमाले कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष घनश्याम खतिवडाले इमान र निष्ठालाई जहिल्यै शिरमा राखेर अघि बढ्ने बताउनुभएको छ । आफ्नो साढे चार दशकको राजनीतिक जीवनमा गलत कार्य नगरेको बताउँदै उहाँले बाँकी राजनीतिक जीवन निष्ठाका साथ अघि बढाउने जनाउनुभयो ।
आज नेकपा एमाले मोरङ १ (१) प्रदेश निर्वाचन क्षेत्रीय समितिले उर्लाबारीमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले भन्नुभयो, ‘म पार्टीभित्र व्यापार गर्न, पैसा कमाउन आएको होइन, सेवा गर्न आएको हुँ ।’ प्रजातान्त्रिक प्रक्रियाबाट आफू प्रदेश अध्यक्षमा निर्वाचित भएको बताउँदै उहाँले कसैलाई पक्षपात नगरी अघि बढ्ने बताउनुभयो । पार्टीको नीति र नेतृत्वलाई सम्मान गर्दै अघि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, मोरङ क्षेत्र नं. १ का संयोजक पुष्प ढकाल, उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, मिक्लाजुङ गाउँ कमिटी सचिव नवीन कार्कीलगायतले मन्तव्य राखेका थिए । प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका संयोजक अग्निप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष खतिवडासहित सदस्य ज्योति चौहान, योगेश बस्नेतलाई बधाई ज्ञापन गरिएको थियो ।
-
-
-
-
-
मिक्लाजुङको ३ नं वडा कार्यालयमा तालाबन्दि
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
मधुमल्लाबाट अन्तरिक्ष खोजको नयाँ यात्रा, दुईदिने प्रशिक...
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ
-
बाजुरा भूकम्प: केही घर भत्किए, क्षतिको विवरण संकलन हुँद...
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...