चीन पुगे प्रधानमन्त्री दाहाल
-
NayaNaya Khabar
- 1122 दिन अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन्। १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गर्नेछन्।
त्यसपछि दिउँसो सँगै खाना खाने क्रममा एउटा रिसोर्टमा उनीहरूबीच भेटवार्ताको तालिका छ। त्यसपछि अपरान्ह ४ बजे द्विपक्षीय भेटवार्ता हुनेछ। प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
-
-
-
-
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
प्रदेश समानुपातिक सांसदको सूची सार्वजनिक गर्ने तयारी पा...
-
Minim eiusmod ut aperiam velit sed voluptas quaerat dig...
-
पन्चमी सिमसार को लागि मिक्लाजुङ मा श्रमदान
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
नेपाल कै होचो स्थानमा पर्ने "कोलुङ झर्ना" मिक्लाजुङमा !
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
मोरङ निर्वाचन क्षेत्र नं. १ एमालेको आक्रमक प्रचार प्रस...