सुर-साधनामा गुञ्जियाे तिर्थराजकाे आवाज

सांस्कृतिक संस्थानले हरेक महिनाको अन्तिम बिहीवार आयोजना गर्दै आएको सुर–साधनाको नवौं श्रृङ्खलामा गायक तथा संगीतकार तिर्थराज पोखरेललाई प्रस्तुत गरेको छ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता र चर्चित सर्जक रमेश बि.जी. काे सञ्चालनमा शुरु भएकाे कार्यक्रम “सुर–साधना’’मा गायक तथा संगीतकार पोखरेलले प्राय आफ्नै रचना संगीत रहेका गीतहरू प्रस्तुत गर्नु भएको थियो। राग मालकाेष बाेलकाे शास्त्रीय गीतबाट गायनकाे शुरुवात गर्नु भएका पाेखरेलले सम्झाउनु कति, विस्तारै विस्तारै, नजाउ मायालु, नजिक छाै कि, हिजाे रुँदै, सपनीमा मात्र हाेइन, नजानिदाे आँखा जुध्याे जस्ता सुमधुर गीतहरू प्रस्तुत गर्नु भएकाे थियाे।

वरिष्ठ शास्त्रीय गायिका संगीता राना प्रधान प्रमुख अतिथि रहेकाे कार्यक्रममा वरिष्ठ सितार वादिका शुशिला अमात्य, वरिष्ठ सितार वादक डा. ध्रुवेशचन्द्र रेग्मी ललितकला क्याम्पसका सह–प्रध्यापक परशुराम पाैडेल, गायक प्रवेशमान शाक्य लगायत अन्य संगीतप्रेमीकाे पनि बाक्लाे उपस्थिति रहेकाे थियाे।

कार्यक्रममा प्रमुख अतिथि संगीता राना प्रधान, संस्थान कै संगीत प्रबन्धक कृष्ण गुरुङ्ग र गायक तिर्थ पाेखरेलले सुर–साधना जस्ताे कार्यक्रम सञ्चालन गरेर थुप्रै गायक/गायिकाहरूलाई आफ्नाे गायन तथा संगीत कला प्रस्तुत गर्ने सुनाैलाे माैका प्रदान गरेर उदाहरणीय कार्य गरेकाेमा खुशी व्यक्त गर्दै महाप्रबन्धक राजेश थापाको प्रशंसा गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »