“नरेन्द्र प्यासी एकल सांगीतिक साँझ – २०७५” भव्य रुपमा सम्पन्न

किरण थापा मगर

काठमाडाैं – सांस्कृतिक संस्थान र जनता टेलिभिजनद्वारा बिहिबार संयुक्त रुपमा आयोजना गरिएकाे लाेकप्रिय गायक तथा संगीतकार नरेन्द्र प्यासीको एकल साँझ कार्यक्रम “नरेन्द्र प्यासी एकल सांगीतिक साँझ – २०७५” भव्यरुपमा सम्पन्न भएकाे छ।

पहिलो पटक २०३० सालमा ‘विना बादल असिना पानी, फेरी माया लाउँला कि वैमानी’ बोलको लोक गीत रेकर्ड गरेर सांगीतिक क्षेत्रमा पार्इला राखेका गायक प्यासीले एकल साँझ कार्यक्रममा “के भुल भयो प्रिया ….”, “तिमी विनाको जीवन ….”, “एउटा प्रदेशी ….”, “तिमीले दिने माया ….”, “तिम्रो दिलमा चोट लाग्दा ….”, “म त तिम्रो मान्छे बन्न सकिन ….”, “काठमाडौं छुट्यो हेर्दा हेर्दै ….” जस्ता अत्यन्त लाेकप्रिय तथा दर्शक स्राेताहरूले अत्यधिक रुचाएका गीतहरु प्रस्तुत गर्नु भएकाे थियाे। पहिलो पटक २०४१ सालमा एकल साँझ गर्नु भएका गायक प्यासीकाे याे एकल साँझ दोस्रो हाे।

नेपाली मौलिक तथा परम्परागत लाेक संस्कृतिलार्इ मुख्य प्राथमिकताका साथ सम्वर्धन र प्रवर्धन गर्दै अाएकाे सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)ले संस्थानलार्इ अात्मनिर्भर बनाउने उद्देश्यका साथ व्यवसायिक रुपमा यस प्रकारकाे कार्यक्रमहरू अायाेजना गरिएकाे र अागामि दिनमा पनि यस्तै कार्यक्रमहरू गर्दै जाने कुरा संस्थानका महाप्रबन्धक राजेश थापाले बताउनु भयाे।

राष्ट्रिय वाणिज्य बैक लि. र प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले प्रायाेजन गरेकाे “नरेन्द्र प्यासी एकल सांगीतिक साँझ – २०७५” कार्यक्रममा गायक अाकाश थापा, विपिन घिमिरे, गायिका शिला विष्ट तथा अन्य चर्चित वाद्यवादक कलाकारहरूले गायक प्यासीलार्इ कार्यक्रम अवधिभर साथ दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »