नेकपाको चियापानमा नेतादेखि कार्यकर्तासम्म( भिडियाे सहित)

सत्तासीन दल नेकपाले नेपालीहरूका महान चाड पर्वहरू दशैं, तिहार तथा छठ लगायत नेपाल सम्वत् ११४० का अवसरमा काठमाडौंको भृकुटीमण्डपमा बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । नेकपाका नेता कार्यकर्ताहरु लगायत अन्य सर्वसाधारणको बाक्लो उपस्थिति रहेकाे चियापान कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका प्रमुख नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गाैतम, विष्णु पौडेल, नारायकाजी श्रेष्ठ लगायतका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

सर्वसाधारण र भीआईपीका लागि छुट्टाछुट्टै चिया–खाजाको व्यवस्था भएकाे कार्यक्रममा सांस्कृतिक कार्यक्रमकाे समेत आयोजना गरिएकाे थियो । भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा जन सांस्कृतिक महासंघ, सामना परिवार, वाद्यवादक संघ, महिला नाैमति बाजा समूह लगायतले विभिन्न प्रस्तुति दिएका थिए।

हेर्नुहाेस् भिडियाेः

हेराैं फाेटाेः

Leave a Reply

Your email address will not be published. Required fields are marked *