जे. बि. टुहुरेको निरन्तरता भाग ३ शनिवार विराटनगरमा सम्पन्न

२०७६ असाेज १४

काठमाडाैं

प्रदेश नं. १ को मुख्यमन्त्री श्री शेरधन राईको प्रमुख आतिथ्यतामा जे. बि. टुहुरे फाउण्डेशनद्वारा आयोजित कार्यक्रम जे. बि. टुहुरेको निरन्तरता भाग ३ शनिवार विराटनगरमा सम्पन्न भएको छ ।
बि. स. २००१ सालमा जन्मिनु भएका टुहुरे २०२४ सालदेखि न्याय, स्वतन्त्रता, परिवर्तन तथा महिला मुक्तिका लागि गीत गाउँदै आउनु भएको छ । यो उमेरमा पनि उत्तिकै जोश र जाँगरका साथ जनतालाई सु–सुचित गर्ने जन जागरणका गीतहरू गाउँदै आउनु भएका जे. बि. टुहुरेको यो एकल कार्यक्रम तेस्रो पटक भएको हो ।

नेपालमा भएका पञ्चायत विरोधी आन्दोलन, राजतन्त्र विरोधी आन्दोलन तथा गणतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनहरूमा अग्रभागमा रहेर विशिष्ट योगदान दिनु भएका गायक टुहुरेलाई जनवादी गीत संगीतका एक ऐतिहासिक धरोहर र दरिलो खम्बाको रुपमा लिइन्छ । नेपाली समाजमा विशिष्ट योगदान प-याउने व्यक्तिहरूको वारेमा मृत्यु पश्चात चर्चा गर्नु भन्दा त्यस्ता व्यक्ति जिवित रहदैं केहि गर्नु वाञ्छनीय हुन्छ भन्ने मान्यताबाट अभिप्रेरित भई जे. बि. टुहुरे फाउन्डेशनको स्थापना भएकोे कुरा फाउण्डेशनका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिनु भएको छ। जनवादी गीत संगीतको क्षेत्रमा मात्र नभै समाज सेवा, मानवसेवा र राष्ट्रसेवाको पक्षमा पनि निरन्तर काम गर्ने जे.बी. टुहुरे फाउण्डेशनकाे उद्देश्य रहेको सचिव बस्नेतले बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री शेरधन राईले आफू विद्यार्थी छँदै जे. बि. टुहुरेको गीतहरू सुन्दै आएको र नेपालमा भएका थुप्रै सफल आन्दोलन र परिवर्तनमा जनवादी गीत संगीतको महत्वपूर्ण योगदान रहेको कुरा बताउनु भयो । मुख्यमन्त्री राईले खास गरी महिला मुक्ति, संघीय गणतन्त्र स्थापना लगायतका परिवर्तनहरूमा जे. बि. टुहुरेको विशेष योगदान रहेको भन्दै खुलेर प्रसंशा गर्नु भयो।

कार्यक्रम संयोजक राजेश थापाका अनुसार युग गायक जे. बि. टुहुरेलाई मनोहर सुनामले शेक्सोफोन र भ्वाइनि, भरत नेपालीले सारंगी, बलराम समालले बाँसुरी, राहुल भुजेलले किबोर्ड, भरत बुढाथोकीले तवला, शसिभुषण भट्टराईले अक्टोप्याड, पोषण घर्ती मगरले मादल, राम सुस्लिङले ढोलक, दिपक श्रेष्ठले कंगो,दिवस श्रेष्ठले, रिदम गीतार र आकाश गोर्खालीले बेस गीतारमा सहयोग गर्नु भएको थियो । त्यस्तै मुख्य गायनमा मधु गुरुङ, आकाश थापा, विहानी बि.क., गंगा राई लगायतका कलाकारहरुले सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका मन्त्रीहरू, सांसद लगायत अन्य थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रमको मुख्य संयोजक निर्भिका टुहुरे हुनुहन्थ्यो ।

Robo Gallery: You didn’t select any Robo Gallery item in editor. Please select one from the list or create new gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *