केमिस्ट्री स्टुडेन्ट्स एसोसिएशन नेपाल सिसानद्वारा एक दिने कार्यशाला गोष्ठी सम्पन्न

समचार रासस

काठमाडाैं – रसायनशास्त्र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीहरुलाई केन्द्रित गर्दै गत शनिबार केमिस्ट्री स्टुडेन्ट्स एसोसिएशन नेपाल सिसानले नास्टमा प्रपोजल, पेपर तथा थेसिस लेखनका बिषयमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

त्रि. वि. का उप- प्रा.डा. भानुभक्त न्यौपाने , विश्वविद्यालय अनुदान आयोग, यु. जि.सि. का अनुसन्धान निर्देशक प्रमोद पौडेल र इन्जिनियर दिपेन्द्र गौतमद्वारा सहजीकरण गरिएको थियो । रसायनशास्त्र केन्द्रिय विभागका निवर्तमान विभागीय प्रमुख प्रा. डा. मेघराज पोख्रेल टिप्पणीकार रहेको उक्त गोष्ठीमा रसायनशास्त्र केन्द्रिय विभाग, त्रिचन्द्र क्याम्पस र अमृत साइन्स क्याम्पसमा रसायनशास्त्र स्नातकोत्तरमा प्रथम र तृतीय सेमेष्टरमा अध्ययनरत चवालीस जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो।

थेसिस लेखनमा उप-प्रा.डा. भानुभक्त न्यौपाने, पेपर लेखनमा इन्जिनियर दिपेन्द्र गौतम र प्रपोजल लेखनमा विश्वविद्यालय अनुसन्धान आयोग यु.जि.सि.का अनुसन्धान निर्देशक डा. प्रमोद पौडेलले छुट्टाछुट्टै प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार तथा रिकास्टका कार्यकारी निर्देशक प्रा.डा. रामेश्वर अधिकारी, संस्थाका संस्थापक अध्यक्ष भेषराज पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाका कोषाध्यक्ष ओनिसा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संजिव श्रेष्ठ, सुरज पन्थ र आकाश घिमिरेले गर्नुभएको थियो भने सभाध्यक्षता संस्थाका अध्यक्ष याम रोका मगरले गर्नुभएको थियो ।

फाेटाेः याम राेका मगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *