विचार र नेतृत्व भनेकाे के हाे ?

कृष्ण केसी

काठमाडाैं – विचार मानवजातिकाे चेतना पुञ्ज हाे, विचार बिहिन जीवनकाे कल्पनै गर्न सकिदैन । नेतृत्व मानवजातिकाे चेतनाकाे सम्वाहक हाे, नेतृत्व बिनाकाे संसार कल्पनै गर्न सकिदैन् । हाे, नेता बन्नका लागि राष्ट्रकाे राम्राे मार्ग चित्र काेर्ने र जनताकाे उज्ज्वल भविष्यकाे सजिव रूपरेखा खिच्ने कला मात्र हाेइन, त्यसका लागि पर्याप्त अवसर सिर्जना गर्न सक्ने क्षमता पनि हुनु पर्छ । नेतृत्वमा जनतालाई सही बाटाे देखाउन सक्ने र सदैव उज्ज्वल भविष्य देख्न सक्ने दुरदृष्टि हुनै पर्छ । कुनै पनि नेतामा अन्य सामान्य मानिसमा भन्दा एक वा दुई कदम अघि देख्न सक्ने विशिष्ट गुण चाहिन्छ ।

विचार र नेतृत्वकाे बारेमा कम्युनिष्टहरूले कम्युनिष्टहरूलाई कुनै पूर्वाग्रह, दुराग्रह राख्न जरूरी छैन । विचार छितिज तिरबाट उदाउदैन, नेतृत्व धर्ति मुनीबाट उम्रिदैन, विचार संघर्षबाटै पैदा हुन्छ, नेतृत्व संघर्षबाटै विकसित हुन्छ । इतिहास साक्षी छ,कम्युनिष्ट नेताहरू चाहे केन्द्रीय समिति, प्रदेश, जिल्ला वा स्थानीय सेलमै संगठित सदस्यहरू नै किन नहाेउन, तिनीहरू अन्तर संघर्ष, वर्ग संघर्ष, उत्पादन संघर्ष, वैज्ञानिक प्रयाेग र विशेष त जनसमुदायकाे न्यायपूर्ण संघर्षबाट नै हुुर्कन्छन् । हाे, प्रत्येक बस्तु र राज्यका अन्तरविराेधहरूलाई देख्ने, चिन्ने, जान्ने, बुझ्ने र बदल्ने वैज्ञानिक दर्शन, सिद्धान्त, विचार, दृष्टिकाेण र विधि अनुशरण गर्ने नेतृत्वले राजनीति समाज विज्ञान हाे भन्ने कुरा बुझेर जनसेवा, राष्ट्रसेवामा अघि बढेकाे हुन्छ ।

नेपालमा नेताहरू निकै धेरै छन् तर ती नेताहरूकाे नेतृत्व गर्न सक्ने सफल नेता भने निकै थाेरै छन्। अध्यक्ष वा महासचिव पदमा पुग्ने व्यक्ति नेता हुन् तर नेतृत्व दिन सक्ने सफल अध्यक्ष वा महासचिव भने बिरलै छन् । हाे, यतिबेला मुलुकले केवल राजनीतिक दलकाे नेता हाेइन, राष्ट्रकाे प्रतिनिधित्व गर्ने राजनेता खाेजेकाे छ, जनताले केबल गुट,जाति र भेगकाे नेता मात्र हाेइन, सम्पूर्ण नेपालीहरूकाे प्रतिनिधित्व र नेतृत्व गर्ने जननेता खाेजेका छन्

कम्युनिष्ट पार्टीभित्र विचार र नेतृत्वकाे बारेमा सुरूदेखि चलेका खिचातानी, गालीगलाैज, धाकधम्की, लप्पनछप्पन, लछारपछार, हानथाप, घात प्रतिघात, गुटफूट, विचलन र विर्सजन जस्ता अनेक खालका नकरात्मक अन्तर विराेधलाइ स्वभाविक जनवादी प्रकृया मान्ने हाे भने अब कम्युनिष्टहरूले कम्युनिष्टहरूलाई शिर छेदन गरेर मार्न वा जुत्ताकाे माला लगाएर सडकमा घिर्सान मात्र नसकेका हुन अरू सबै सम्पन्न भएका छन् भन्दा कत्ति पनि अतिसयाेक्ति नहाेला । कम्युनिष्टहरूले कम्युनिष्टहरूकै पूर्वाग्रह, दुराग्रह, टिका, टिप्पणाी, खण्डन, मण्डन, निन्दा, विराेध, भण्डाफाेरमा यतिका वर्षसम्म जति बुद्दि, बर्कत खार्चिएका छन्, त्याे सारा बुद्दि, बर्कत जनता र राष्ट्रकाे हितमा केन्द्रीत गर्दै सबै कम्युनिष्टहरू एकजुट भएर समृद्द नेपाल र समाजवादमा अघि बढन अहिले कुन सत्ता र शक्तिले छेकथुन गरेकाे छ ?

समाज विज्ञानका नियम पालना गरेर विचार र नेतृत्वकाे साझा सवालमा सबै कम्युनिष्टहरू एकजुट हुन नसक्नु, कम्युनिष्टहरू एकजुट हुन नखाेज्नु, कम्युनिष्टहरूलाई एकजुट हुन नदिनु, एकता भइहाले पनि सुदृढ गर्न नसक्नु कम्युनिष्टहरूका लागि अहिलेकाे मुख्य चुनाैति बनेकाे छ । हाे, यतिबेला मूल नेतृत्व वरिपरि चक्कर लगाउन पाउदा गाैरवकाे अनुभूति गर्ने एउटा यस्ताे नाेकरशाहीतन्त्र नेपाल कम्युनिष्ट पार्टीभित्र हावी भइरहेकाे छ, जसले नेतृत्वकाे रक्षा र विकासमा निकै दाैडधुप गरेकाे नाटक मञ्चन गर्दै माैका पाउनसाथ नेतृत्वकै बिरूद्ध माेर्चाबन्दी गर्छ । नेतृत्वलाई कमजाेर, दिशाबिहिन र गैरजिम्मेवार साबित गर्न जानेका जति सम्पूर्ण खेल खेल्छ, सक्ने जति सबै चाल चल्छ र त्यति गर्दा पनि स्वार्थ पूर्ति नभए पार्टी फाेड्ने धम्कि दिन्छ भन्ने कुरा जगजाहेर छ……।

पछिल्लाे चरणमा कतिपय कम्युनिष्ट नेताहरूकाे दिनचर्या नियाल्दा मलाई कस्ताे अनुभूति हुन्छ भने कम्युनिष्ट पार्टीभित्र जबरजस्त रूपमा एउटा कुरूप वर्ग माैलाएकाे छ, त्यसले कुरा सर्वहारा मजदुर किसान वर्गकाे मुक्ति, जनताकाे हित र राष्ट्रकाे समृद्धिकाे गर्छ, गीत क्रान्तिकै गाउँछ, नारा क्रान्तिकै गुञ्जाउछ, दुःखी गरिबहरूकाे मुक्तिका लागि लडिरहेकाे दाबी गर्छ, देश र जनताका लागि म मर्न पनि तयार छु भनेर चर्का र मिठा तर्क गर्छ । तर उसकाे ब्यवहार भने दलाल वर्गकाे जस्तै छ, संस्कार सामन्ती वर्गकाे भन्दा भिन्न छैन् । दैनिकी पुरै शङ्कास्पद छ, अपारदर्शी छ । राजनीति बाहेक अरू कुनै पेशा धन कमाउने पेशा छैन् तर उसकाे दैनिक जीवन भने सामन्त वर्ग वा पूजीपति वर्गकाे भन्दा कुनै पनि मानेमा कमजाेर छैन् । निकै जाेसिलाे, फूर्तिलाे र मुख्य नेताहरूकाे भरपर्दाे पङ्तीमा गनिने त्याे कुरूप वर्गलाइ सिद्दान्तनिष्ट, इमान्दार र नैतिकवान नेतृत्वपङ्तीले निगरानी र खबरदारी गर्दै नियन्त्रण र कार्बाही गर्न सकेन भने सचेतनतापूर्वक कम्युनिष्ट पार्टीलाई सुदृढ गर्ने, तिव्र विकास, समृद्धि र समाजवादका निम्ति कम्युनिष्टहरू बीचकाे वर्गिय नाता, सांस्कृतिक सम्बन्ध, राजनीतिक दृष्टिकाेण अझ उन्नत बनाउने कुरा हावादारी गफ जस्तै बन्नेछ । यसबारेमा मुख्य नेताहरू जिम्मेवार बन्नै पर्छ, अन्य राजनीतिक कर्मीहरू सचेत हुनै पर्छ । (लेखक नेकपाका नेता हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *