मुख्यमन्त्रीज्यू बागलुङ बजार घोडाबाँधे सडक निर्माणमा ढिलाई भयो ?

प्रत्यक्ष टेलिफोनमार्फत आफ्ना प्रश्न, गुनासा र सुझावहरु राख्न पाईने कार्यक्रम “हेलो मुख्यमन्त्री ज्यू”मा गत बुधबार इन्जिनियर श्री खिमानन्द कँडेलले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बुर्तिबाङ सडकखण्डमा पर्ने बागलुङ बजारदेखि विहुँ घोडाबाँधेसम्म कालोपत्रे गर्न बाँकी २० किलोमिटर सडक खण्डमा भएको ढिलाईका सन्दर्भलाई लिएर मुख्य मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ समक्ष प्रश्न राखेका छन् ।

बिहुँको घोडाबाँधे देखि बुर्तिबाङसम्मको झण्डै ६५ किलोमिटर सडकखण्ड कालोपत्रे भैसक्दा पनि बर्षौदेखि निर्माणाधीन यस सडक हालसम्म पनि कालोपत्रे हुन सकेको छैन । बर्षातको समयमा सडक व्यापक हिलाम्मे हुने र हिउँदको समयमा सडकखण्डको दायाँ बायाँको ठूलो क्षेत्र पुरै धुलो हुने अवस्था रहेकोले पछिल्लो समय स्थानीय जनताहरु एवं पश्चिम बागलुङ अन्तर्गत गल्कोट, बुर्तिबाङ, ताराखोला लगायतका क्षेत्रका जनताहरु आक्रोशित भएका छन् ।

तस्वीर सेताेपाती डट कम

यो सडकखण्ड समयमा नै निर्माण सम्पन्न हुन सक्दा पोखरा, लुुम्बिनी र मुस्ताङ तर्फबाट ठूलो संख्यामा पर्यटकहरु पश्चिम बागलुङमा रहेको विश्व प्रसिद्ध ढोरपाटन शिकार आरक्षणको भ्रमणमा निस्कन सक्ने भएकोले पनि यो सडक समयमा बनाउन विशेष पहल गर्न खिमानन्द कँडेलले मुख्य मन्त्री ज्यूलाई अनुरोध गरेका थिए ।

प्रश्नको उत्तर दिँदै मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यूले यस सडकको सन्दर्भमा प्रदेश मातहतमा रहेको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सम्बन्धित ठेकेदारहरुसँग छलफल गरी यस सडकलाई समयमा नै निर्माण सम्पन्न गर्न सकरात्मक पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
समयमा नै निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा पछिल्लो समय स्थानीय जनताहरुले बागलुुङ जिल्लाका जनप्रतिनिधिहरुलाई पनि यस बिषयमा सरकारसँग विशेष पहल गर्न निरन्तर दबाब दिँदै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *