पर्यटन प्रवर्धनका लागि धौलागिरी समाज नेपालले स्मारिका २०७६ प्रकाशित गर्ने

धौलागिरी समाज नेपालले समग्र धौलागिरी क्षेत्रको पर्यटन प्रवर्धनका लागि धौलागिरी समाज नेपालले स्मारिका २०७६ प्रकाशित गर्ने निर्णय गरेको छ । तीन महिनाभित्रमा प्रकाशन गर्ने लक्ष्यका साथ धौलागिरी समाज नेपालका उपाध्यक्ष भक्तराज भुसालको संयोजकत्वमा ईश्वरी प्रसाद ढकाल, खिमानन्द कँडेल, दिलिप पौडेल, इन्दिरा लामिछाने, तारा सापकोटा एवं एक नारायण उपाध्याय सहितको सात सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरेको छ ।
नेपाल सरकार अन्तर्गत संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले समेत पर्यटन प्रवर्धनलाई व्यापक प्राथमिकतामा राख्दै गएको अवस्था एवं यस क्षेत्रमा पर्यटन प्रवर्धनका व्यापक संभावनाहरु समेत रहेकोले धौलागिरी समाज नेपालले नेपाल सरकारको अभियानमा हातेमालो गर्दै पर्यटन प्रवद्र्धन मार्फत समग्र धौलागिरी क्षेत्रको आर्थिक विकासमा योगदान होस् भन्ने अभिप्रायले यो प्रकाशन गर्न लागेको हो ।
धौलागिरी समाज नेपालले गण्डकी सभ्यता बचाऔं महाअभियान समेत संचालन गरिरहेको छ र यस अभियान अन्र्तगत विशेष गरी कालीगण्डकी नदी (विशेष गरी दामोदरकुण्ड देखि त्रिवेणी क्षेत्र एवं गण्डकी नदीका शाखाहरु) को धार्मिक महत्वलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्नको लागि पनि प्रयास गरिरहेको छ ।


नेपालको पर्यटकीय राजधानीको रुपमा परिचित पोखरा, विश्व प्रसिद्ध ढोरपाटन शिकार आरक्ष, विश्व प्रसिद्ध धार्मिक पर्यटकीय स्थल लुम्बिनी र विश्व प्रसिद्ध पर्यटकीय स्थल मुक्तिनाथ लोमाङथान क्षेत्रको मध्यभाग बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र आसपासका जिल्लाका पर्यटकीय क्षेत्रहरुको एकीकृत विकास गर्नको लागि धौलागिरी समाज नेपालले धौलागिरी पर्यटन प्रवर्धन समिति मार्फत समेत अभियान चलाईरहेको छ ।
यस स्मारिकामा बागलुङ, पर्वत, मुस्ताङ, म्याग्दी लगायतका क्षेत्रमा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरु, कालीगण्डकी नदी र यस किनारामा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरु, यस क्षेत्रमा रहेका विभिन्न संस्कृतिहरु, पर्यटन प्रवद्र्धनको क्षेत्रमा निर्माण हुँदै गरेका नयाँ पर्यटन पूर्वाधारहरु एवं सरकारी एवं निजी क्षेत्रको तर्फबाट विभिन्न माध्यमबाट पर्यटन प्रवद्र्धनको लागि गरिएका पहलकदमीहरुलाई समावेश गर्ने धौलागिरी समाज नेपालले प्रयास गर्दैछ ।
त्यसले धौलागिरी समाज नेपाल स्मारिका २०७६ प्रकाशनको लागि धौलागिरी क्षेत्रभित्रका पर्यटकीय संभावनाहरु, पर्यटन क्षेत्रमा तीन तहका सरकारहरुले चाल्दै गरेका कदमहरु एवं यस क्षेत्रको एकीकृत पर्यटन प्रवद्र्धनको लागि सरोकारवालाहरुको भूमिका, गण्डकी सभ्यतासँग सम्बन्धित लेखहरु लगायतका विविध उत्कृष्ठ लेखहरुलाई समावेश गरी स्मारिका प्रकाशन गरिने भएकोले सम्बन्धित विषयमा रचनात्मक लेखहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन धौलागिरी समाज नेपाल हार्दिक अनुरोध गर्दछ ।


साथै यस स्मारिका प्रकाशनको लागि प्रदेश सरकार, यस क्षेत्रका स्थानीय सरकारहरु, विभिन्न सरकारी कार्यालयहरु, निजी क्षेत्र एवं यस क्षेत्रको विकासमा विभिन्न देशमा रहेर भूमिका खेलिरहनुभएका विभिन्न संघ सस्थाहरुको तर्फबाट समेत लेख एवं विज्ञापन उपलब्ध गराई धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार एवं स्थानीय सरकारहरुको तर्फबाट रचनात्मक सहयोग रहनेछ भन्ने समेत हामीले विश्वास लिएका छौं ।


साथै लेखहरु २०७६ साल भाद्र १५ गतेसम्म उपलब्ध गराईदिनुहुन समेत हार्दिक अनुरोध छ ।

खिमानन्द कँडेल
अध्यक्ष, धौलागिरी पर्यटन प्रवद्र्धन समिति, धौलागिरी समाज नेपाल, काठमांडौ
इमेलः khimanandakandel@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *