मृत्यु पश्चात परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले अगंदान गर्ने

साउन , २०७६

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँकी धर्म पत्नी सरस्वती अर्याल ज्ञवालीले अंगदानको घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रवार आयोजना गरिएकाे एक कार्यक्रममा उहाँहरूले अंगदानको घोषणा गर्नु भएकाे हाे ।

पछिल्लो समय नेपालमा पनि अङ्गदान गर्ने व्यक्तिहरुको संख्या बढ्दै गईरहेका बेला उहाँहरूले पनि आफ्नाे मृत्यु पश्चात मृगाैला, मुटु, फाेक्साे, कलेजाे, प्याङ्क्रियाज र सानाे आन्द्रा गरी छ वटा अङ्गहरू दान गर्ने घाेषणा गर्नु भएकाे हो ।

मन्त्री ज्ञवालीले शरीरको अंगदान दिनु भनेको सेवाभाव मात्र भएको उल्लेख गर्दै कार्यक्रममा मृत्युपछि पनि आफ्नो शरीरको अंगलाई नजलाएर कसैको सेवाका लागि दान दिन चाहेको बताउनु भयाे ।’

यदि अंगदाताले सहमति  जनाएमा मृत्युपछि आँखाकाे नानी, मृगाैला, मुटु, फाेक्साे, कलेजाे, प्याङ्क्रियाज, सानाे आन्द्रा लगायतका अंगहरू दान दिन सकिने व्यवस्था रहेकाे छ ।

मञ्जुरीनामाः

Leave a Reply

Your email address will not be published. Required fields are marked *