जेरीकाे समूहलाई दाेहाेरीगीतकाे उपाधी

सांस्कृतिक संस्थान र राष्ट्रिय लाेक तथा दाेहेरी गीत प्रतिष्ठान, नेपालले संयुक्त रुपमा आयाेजना गरेकाे राष्ट्रिय खुला दाेहाेरीगीत प्रतियाेगिता बुधवार साँझ समापन भएकाे छ। आईतबार सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता चर्चित गायक तथा संगीतकार नारायण रायमाझीकाे उद्घाटन र चर्चित गीतकार तथा कार्यक्रम संयोजक रमेश बिजीकाे सञ्चालनमा शुरु भएकाे प्रतियाेगिता चार दिनसम्म चलेकाे थियाे । लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएकाे प्रतियोगितामा २८ समुहले भाग लिएका थिए ।

प्रतियोगितामा जुनकिरी दोहोरी साँझले प्रथम, नगरकोट दोहोरी साँझ (ख)ले द्वितिय र गण्डकी प्रदेशले तृतिय पुरस्कार हात पार्न सफल भयाे भने नगरकोट दोहोरी साँझ (क) चाैथाे स्थानमा रहन सफल भयाे। प्रतियाेगितामा जालुमाया गुरुङ्ग अनुशासित कलाकार, कृष्णा राना क्षेत्री नवाेदित कलाकार, अर्जुन खड्का उत्कृष्ट गायक र सपना रोका उत्कृष्ट गायिका बन्न सफल भए। प्रथम पुरस्कार रु १ लाख, दोस्रो पुरस्कार रु ५० हजार, तेस्रो पुरस्कार रु २५ हजार, सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार रु ५/५ हजार, नवाेदित कलाकार र अनुशासित कलाकारलाई रु २५००/२५०० राशीकाे पुरस्कार प्रदान गरिएकाे थियो । प्रथम, द्वितिय र तृतिय पुरस्कारको प्रायोजन क्रमशः पृथ्वी थकाली,धन कुमारी थापा र राम प्रसादले गर्नु भएको थियो।

प्रतियोगिताका बिजेताहरुलाई सांस्कृतिक स‌ंस्ठानका महाप्रबन्धक राजेश थापा, चर्चित गायक तथा संगीतकार नारायण रायमाझी, लाेक दाेहाेरीगीत प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी, पृथ्वी थकाली, धन कुमारी थापा लगायतका स्रष्टाहरुले पुरस्कार बितरण गर्नु भएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *