स्वच्छ वातावरण महाअभियानमा सांस्कृतिक संस्थानका कलाकारहरु कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा

४ असार २०७६

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागकाे आयाेजना तथा सांस्कृतिक संस्थानकाे प्रस्तुति “स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितकाे सडक प्रदर्शनी तथा सरसफाईअभियान” कार्यक्रम अन्तर्गत मनाेरञ्जनात्मक जनचेतना अभिबृद्धि कार्यक्रम कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा सम्पन्न भएकाे छ ।

कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि नन्दसिह बुढा

कार्यक्रमकाे अध्यक्षता स्थानीय व्यवस्थापक संस्था एवं आरंग नेपालका अध्यक्ष तथा वरिष्ठ कलाकार गणेशभक्त गाैतमले गर्नुभएकाे थियाे भने सांस्कृतिक संस्थानका कार्यक्रम तथा याेजना विभाग प्रमुख प्रभाकर शर्माले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रम उपस्थित प्रमुख अतिथि लगायत दर्शक महानुभावहरु

कार्यक्रममा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभागबाट अनुगमणका लागि आउनु भएका रसायनविद् केशव पाैडेलले कार्यक्रमकाे उद्देश्य र कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा नृत्य प्रस्तुत गर्दै संस्थानका कलाकारहरु

सांस्कृतिक संस्थानका कलाकारहरुले वातावरण सम्बन्धि प्रहशन, गीत, नृत्यकाे साथै नेपाली लाेक धुन प्रस्तुत गरेका थियाे भने स्थानीय वागीना समूहका कलाकारहरुले झ्याउरे र टप्पा लगायतका नृत्यहरु प्रस्तुत गरेकाे थियाे ।

वागीना समूहका कलाकारहरु नृत्य प्रस्तुत गर्दै

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै डा. नवराज केसीले वातावरण जाेगाउन हामी आफैले पहल गर्नुपर्ने कुरा बताउनु भएकाे थियाे मन्तव्यकै क्रममा प्रमुख अतिथि कर्णाली प्रदेशका उद्याेग, पर्यटन वन तथा वातावरण मन्त्रि नन्दसिह बुढाले कार्यक्रम राम्राे भएकाे यसकिसिमकाे जनचेतनामूलक कार्यक्रम जनमानसमा अपरिहार्य भएकाे कुरा बताउनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *