स्वच्छ वातावरण महाअभियानमा सांस्कृतिक संस्थानकाे कलाकार टाेली बुटवलमा

२ असार २०७६

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागकाे आयाेजना तथा सांस्कृतिक संस्थानकाे प्रस्तुति “स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितकाे सडक प्रदर्शनी तथा सरसफाईअभियान” कार्यक्रम अन्तर्गत मनाेरञ्जनात्मक कार्यक्रम प्रदेश न‌ं ५ काे राजधानी बुटवलमा सम्पन्न भएकाे छ ।

गमलामा पानि हालेर कार्यक्रमकाे उद्घाटन गर्नुहुदै प्रदेश ५ का भाैतिक पूर्वाधार मन्त्रि वैजनाथ चाैधरी

कार्यक्रमकाे अध्यक्षता साधना सांस्कृतिक कला केन्द्र बुटवलका अध्यक्ष अनु रजकले गर्नुभएकाे थियाे भने सांस्कृतिक संस्थानका कार्यक्रम तथा याेजना विभाग प्रमुख प्रभाकर शर्माले कार्यक्रमकाे उद्देश्य बारे प्रकाश पर्नुभएकाे थियाे ।

कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारहरुले वातावरण सम्बन्धि प्रहशन, गीत तथा नृत्य प्रस्तुत गरेका थियाे भने स्थानीय कलाकार साधना सांस्कृतिक कला केन्द्र बुटवलका कलाकारहरुले साकेला र साेरठी नृत्य प्रस्तुत गरेका थिए । साे अवसरमा हिरा माया थापालाई कलाकारको आमा उपनाम सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *