जनचेतना मुलक वातावरणीय महाअभियानमा सांस्कृतिक संस्थान

पोखरामा साँस्कृतिक कार्यक्रम मार्फत वातावरणीय जनचेतना जगाईएको छ । शनिवार स्वच्छ वातावरण महाअभियानका लागि अभियन्ता तथा कलाकार सहितको सडक प्रदर्शनी तथा सरसफाई अभियान सांस्कृतिक कार्यक्रम तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो ।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको वातावरण विभागको आयोजना, नेपाल रेडक्रस सोसाइटी कास्की उपशाखा बैदामको सहजीकरणमा भएको कार्यक्रमको प्रस्तुतकर्ता सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल काठमाडौं रहेको थियो ।

सांस्कृतिक संस्थानका कलाकारहरुले वातावरणीय सरसफाई सम्बन्धी नाटक,गीत र कविता प्रस्तुत गरेका थिए । वातावरण मन्त्रालयले सांस्कृतिक संस्थानको विशेष सहयोगमा स्वच्छ वातावरण सम्बन्धि जनजागरण अभियान सञ्चालन गरेको हाे। सोही अवसरमा काठमाडौदेखि पोखरा आएका २३ जना कलाकारको टोलीले यसपछि बुटवल, सुर्खेत र धनगडीमा पनि कार्यक्रम प्रस्तुत गर्ने संयोजक प्रभाकर देव शर्माले बताए ।

कार्यक्रममा पोखराका कलाकारहरुले पनि प्रस्तुती राखेका थिए । विद्यार्थी सहित आमा समूहको बाक्लो उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साल रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *