नाचघरमा गुञ्जियाे जीत कार्की र संगीता थापाकाे गजल

२०७६ बैशाख ३१

सांस्कृतिक संस्थान र अनाममण्डलीकाे संयुक्त रुपमा आयाेजित कार्यक्रम गजल सन्ध्याकाे छैठाै‌ं शृङ्खलामा गजलकार जीत कार्की र संगीता थापाकाे गजल वाचन कार्यक्रम सम्पन्न भएकाे छ । नियमित रुपमा प्रत्येक महिनाकाे अन्तिम दिन अर्थात मसान्तमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा राष्ट्रिय सभाका सदस्य माननीय खेम नेपालीज्यू हुनुहुन्थ्याे भने अध्यक्षता प्राज्ञ देवी नेपालज्यूले गर्नुभएकाे थियाे ।

कदर पत्र हस्तान्तरण गर्नुहुदै प्रमुख अतिथि माननीय खेम नेपाली

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुदै संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रमकाे उद्देश्य र कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियाे ।

गजल वाचनकाे क्रममा गजलकार जीत कार्की

“प्रिया दु:खमा छिन, आमा विरामी छिन भनि जुनकिरीले, यतै फर्किए म” भन्दै गजल वाचन गर्न शुरु गर्नु भएका जीत कार्कीकाे गजलमा माया प्रेम र देशभक्तिकाे भावना झल्कन्थ्याे भने संगीता थापाकाे गजलमा पनि यस्तै माया प्रेम र स्नेहकाे भावना झल्कन्थ्याे ।

कार्यक्रमकाे अन्त्यमा सामूहिक फाेटाे खिचाउदै सहभागी लगायत

कार्यक्रममा जीत कार्कीले ८ वटा र संगीता थापाकाे ८ गरी जम्मा १६ वटा गजल वाचन भएकाे थियाे । स्वास्थ्य अवस्थाकाे कारण जीत कार्कीले इन्दु अंशु र केशव भट्टराईलाई १/१ वटा गजल वाचनकाे लागि अनुराेध गर्नुभएकाे थियाे । कार्यक्रम ४ बजे शुरु भएर ६ बजे सकिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *