सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे पूर्वेली लाेकभाका गुञ्जियाे ।

२६ बैशाख २०७६

सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाकाे अन्तिम विहिवार आयाेजित कार्यक्रम सुर-साधनाकाे दशाैं शृङ्खलामा गायक जसराज राईकाे एकल गायन कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा प्रतिनिधि सभा सदस्य एवं खाेटाङका सांसद विशाल भट्टराई हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता संस्थानका महाप्रबन्धक राजेश थापाले गर्नु भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै संस्ठानका कार्यक्रम तथा याेजना महाशाखा प्रमुख प्रभाकर शर्माले कार्यक्रम गर्नुकाे उद्देश्य र कार्यक्रमबारे प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रमकाे शुरुवातमा राेजगारीकाे शिलसिलामा परदेश जानुपरेकाे पिडामा आधारित “छाेडि आएँ रमाईलाे आफ्नै गाउँबेंसी, मिठा मिठा सपना बाेकि भएँ परदेशी” बाेलकाे गीत गाउनु भएकाे थियाे । जुन गीत आफ्नै दाैतरी साथीकाे कथालाई आधार बनाएर लेखिएकाे कुरा स्वयं गायकले बताउनु भएकाे थियाे ।

त्यसपछि क्रमश: “राैताकाे हावाले”, “बाेली बचन”, ” माया मनभरी”, “पूर्वै सुनकाेशी”, “ए खाेली तरेर”, “हलेसी बजार”, ” हाे कि हाेईन” र साकेला गीतहरु प्रस्तुत गरेका थिए । गायक जसराज राईलाई गायक आकाश थापा, गंगा राई, निता राई र मधु गुरुङले पनि गीत गाएर साथ दिएका थिए ।

कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरिक्षक दुर्ज कुमार राई लगायत विशिष्ट व्यक्तित्त्वहरुकाे उपस्थिति रहेकाे थियाे । करिव तीन बजे शुरु भएकाे कार्यक्रम बेलुकी सात बजेसम्म चलेकाे थियाे ।

गायक राइलाई अक्टोप्याडमा भागिरथ शुस्लिङ्ग,ढोलक/तवलामा दिपेन्द्र बज्राचार्य, गिटारमा लोकराज राई,बाँसुरीमा दुर्गा प्रसाद खतिवडा र कृष्ण गुरुङ, किबोर्डमा रोहित सुवेदी,मादलमा खर्क बुढा र हार्मोनियममा तिर्थराज पोख्रेलले साथ दिएका थिए भने कार्यक्रम संचालन रमेश बि‍ जिले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *