शनिबार उदघाटन हुने “बहुभाषिक संगीत उत्सव” कार्यक्रमकाे भव्य तयारी

बुधवार आयाेजित पत्रकार सम्मेलनमा प्राज्ञ तथा बहुभाषिक संगीत उत्सव संयाेजक अशाेकराई लगायत

काठमाडाैं- सुनसरी जिल्लाको इटहरीमा हुने प्रदेश नं. १ स्तरीय बहुभाषिक संगीत उत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे आयोजना र संगीत साधना प्रतिष्ठान, नेपाल इटहरीको सह-आयोजनामा शुरु हुन लागेकाे बहुभाषिक संगीत उत्सव कार्यक्रमकाे उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम रहेकाे छ।

उद्घाटन कार्यक्रम समापन पश्चात बहुभाषिक संगीतकाे बारेमा विचार विमर्श गरिनुका साथै विभिन्न १२ भाषामा गीत संगीत प्रस्तुत समेत गरिने कार्यक्रम रहेकाे बहुभाषिक संगीत उत्सवका संयोजक प्राज्ञ अशोक राईले पत्रकार सम्मेलनमा जानकारी दिनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *