कार्यक्रम स्रष्टा र सिर्जनाकाे तेह्राैं शृङ्खलामा कवि डा. कृष्ण आचार्यकाे कविता वाचन


सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा आयाेजित कार्यक्रम स्रष्टा र सिर्जनाकाे तेह्राैं शृङ्खलामा कवि डा. कृष्ण आचार्यकाे कविता वाचन प्रस्तुति सम्पन्न भएकाे छ ।

संस्थानले नियमित रुपमा प्रत्येक महिनाकाे तेस्राे बिहिवार आयाेजना गर्दै आएकाे स्रष्टा र सिर्जना कार्यक्रमकाे प्रमुख अतिथि साहित्यकार डा‍‍ वासुदेव हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता संस्थानकाे महाप्रवन्धक श्री राजेश थापाज्यूले गर्नुभएकाे थियाे ।

कार्यक्रममा “के अर्थ भाे”, मेराे लुम्विनी, देश बन्ने कसाेरी, हत्केलामा लिएर समृद्धि, चन्द्रमाकाे बाेधिबृक्ष, विर्खे दर्जीकाे विज्ञप्ति, सारंगीकाे धनु, जाउजाउ गुरुजी, लाटाेकाेसेराेलाई अध्याराे मनपर्छ, जलकुम्भि, नसैकाटिएपछि के हुन्छ जस्ता कविताहरु प्रस्तुत भएका थिए । 

कार्यक्रममा आफ्नाे मन्तव्यकाे क्रममा प्रमुख अतिथि डा‍‍ वासुदेव ले कविता एक बाँसुरी जस्तै हुने र बाँसुरीमा जति वटा प्वाल पारेपनि उसले दुख्याे नभन्ने तरपनि समधुर धुन दिने कुरा राख्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *