मण्डला नाटकघरमा “मिता आब कोना चलब…” प्रदर्शन हुँदै

काठमाडौं । मण्डला नाटकघरमा वैशाख २० गते देखि मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ ।

अनामनगरस्थित नाटकघरमा विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथा नाटक मार्फत मञ्चन गर्न लागेको हो । रंगकर्मी रामभजन कामतद्धारा लिखित तथा निर्देशित उक्त नाटक बैशाख २० गते देखी जेष्ट ५ गतेसम्म प्रत्येक दिन साँझ ५ः१५ बजे र शनिवार १ बजे र ५ः१५ बजे मञ्चन हुने आयोजकले जनाएको छ ।

पहाडी र मधेशी समुदायबिचमा हुने बैमनश्यताका कारण र तिनले राष्ट्रिय एकतामा पार्ने असरमा केन्द्रीत भएर नाटक तयार गरिएको निर्देशक कामतले बताए । नाटकमा मैथिली र नेपाली दुवै भाषामा संवाद बोलिने उनको भनाई छ । नाटकमा जातीयता र राष्ट्रिय एकतालाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजेका छौँ, निर्देशक कामतले भने, अनेकन ऐतिहासिक महत्वको मैथिल संस्कृतिलाई पनि मुख्य गरि नाटकमा प्रस्तुत गरेको छु ।

नाटकमा निर्देशक कामत सहित, मिलन नेपाली, सुनिता घिमिरे, भरत कार्की, विकास पराजुली, राजेश ठाकुर, कौशिला कामत, सञ्जय शाह, अमृता श्रेष्ठ, आदित्य झा, अमृत स्वार लगायतका कलाकारले अभिनय गरेका छन् ।
नाटककाे कथासार
यो कथामा एक पहाडी र एक मधेश मुलको पात्रहरु विच भेटघाट हुन्छ र उक्त भेटघाट मितमा परिणत हुन्छ । मितनै भए पनि एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रतालाई अझ प्रगाढ बनाउछ ।

केही समयको अन्तारल पछि एक नाटकको कथामा मधेसी पहाडी द्धन्दको विजारोपण हुन्छ । आ आफनो पार्टी तथा हालको युवा पुस्ताको कारणले दुबै पुस्ता विच विचारको विमेलले अन्नत मित विच फाटो आउँछ त्यो फटोमा मितहरु विचको उत्पीडितको कथा हो र भाषाको सम्मान गर्ने नाटक हो मिता आब कोना चलब अर्थात मित ज्यू अब कसरी जाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *