वाद्य-वन्दनाकाे तेह्राैं शृङ्खलामा बुकुन गन्धर्वकाे नेपाली माैलिक लाेक सारंगी वादन प्रस्तुति

२०७६ बैशाख १२ गते, विहिवार

सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा प्रत्येक महिनाकाे दाेस्राे विहिवार आयाेजित कार्यक्रम बाद्य-वन्दनाकाे तेह्राै शृङ्खलामा सार‌ंगीबादक श्री बुकुन गन्धर्वकाे एकल वादन प्रस्तुति सम्पन्न भएकाे छ ।

कार्यक्रममा मन्तव्य राख्नु हुदै प्रमुख अतिथि भरत बस्नेत

बाल्यकाल देखि नै सारंगीबादनमा शक्रिय बुकुनले कार्यक्रममा ६ वटा माैलिक नेपाली लाेकधुनहरु प्रस्तुत गरेकाे थियाे । सारंगी वादन कै क्रममा विश्वका विभिन्न देशहरु घुमि सक्नु भएका वाद्यवादक बुकुनले आफ्नाे प्रस्तुतिकाे क्रममा आफु निरक्षर भएका कारण कतिपय ठाउमा भाेग्नु परेकाे तिताे यथार्थ पिडाहरु सुनाउनु भएकाे थियाे । 

वाद्यवादक बुकुन गन्धर्वलाई प्रमाण-पत्र र खादा माला प्रदान गर्नुहुदै प्रमुख अतिथि भरत बस्नेत

व्यवसायि तथा समाजसेवी भरत बस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे कार्यक्रमकाे अध्यक्षता संस्थानका महाप्रबन्धक राजेश थापाले गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य संस्थानका कार्यक्रम तथा याेजना महाशाखा प्रमुख श्री प्रभाकर शर्माले गर्नु भएकाे थियाे । 

उपस्थिति दर्शक महानुभावहरु

सारंगीकाे आलापबाट शुरु गरेकाे कार्यक्रममा ठट्याैली, रेशम फिरिरि, माकुरी जालैमा जस्ता नेपाली लाेकधुनहरु प्रस्तुत गरेकाे थियाे ।  कार्यक्रमकाे वीचमा बुकुन गन्धर्वकाे छाेरी लक्ष्मी गन्धर्वले जाउ जाउ रेलैमा गीतमा लाेक नृत्य पनि प्रस्तुत गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *