जनवादी गायक “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” काे तयारी अन्तिम चरणमा

जनवादी गायक जे.बि. टुहुरे

काठमाडाैं – जनवादी गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” हुने भएको छ । यही बैशाख १३ गते शुक्रबार काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जे.बि. टुहुरे फाउन्डेशनले आयोजना गर्न लागेकाे कार्यक्रम “जे.बि. टुहुरेकाे निरन्तरता – २०७६” मा ७५ वर्षे गायक जेबि टुहुरेले आमा दिदी बैनी हाे, मृत्यु पनि मान्छे पिच्छे, संसारका सारा न्यायका प्यारा, बसाई हिड्नेकाे टाँटीले, जान्न मत गाेर्खा भर्ती, जस्ता चर्चित गीतहरू प्रस्तुत गर्नु हुनेछ।

जनवादी गायक जे.बि. टुहुरे

जनवादी गीत संगीतकाे क्षेत्रमा लामाे समय व्यतित गरिसक्नु भएका गायक जे.बि. टुहुरेले यस अघि पनि विभिन्न समयमा देश तथा विदेशमा गरी चार पटक सम्म एकल साँझ गरिसक्नु भएकाे छ। कार्यक्रमका संयाेजक उदय श्रेष्ठले कार्यक्रमकाे तयारी तिव्र रुपमा भई रहेकाे र गायक जे.बि. टुहुरेलाई अन्य चर्चित जनवादी गायक गायिकाहरूले पनि सहयाेग गर्ने कार्यक्रम रहेकाे बताउनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *