नापी अधिकृत छत्र बहादुर लुङ्गेली मगर ‘प्रवल जनसेवा श्री’ बाट विभूषित

२०७६ बैशाख १, हरि थापा

काठमाडाैं- सिन्धुलीका तत्कालिन नापी अधिकृत छत्र बहादुर लुंगेली मगर नापी क्षेत्रमा उत्कृष्ट सेवा गरेवापत प्रवल जनसेवा श्री बाट विभूषित हुनु भएकाे छ । आइतबार राष्ट्रपति निवासमा भएको एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत हुनुभएकाे हाे ।

जिल्ला नापी कार्यालय सिन्धुलीमा रहेर काम गर्दा मालपोत तथा नापी क्षेत्रमा उत्कृष्ट काम गरेको, कार्यालय सुधार तथा व्यवस्थापन गरेको र सेवाग्राहीको हितमा गरेका कामको मूल्यांकन गर्दै वहाँलाई ‘प्रवल जनसेवा श्री’बाट सम्मानित गरिएको हो ।

३ वर्ष सिन्धुलीमा रहँदा वहाँले अनियमितता न्यूनीकरण, प्रभावकारी लालपूर्जा वितरण, एकै ठाउँमा सबै सेवा दिने प्रविधीमैत्री व्यवस्था लगायतका काम गर्नुभएकाे थियाे । नापी सेवालाई सेवाग्राही मैत्री वनाउनका लागि ४ वटा स्थानीय भाषामा अडियाे नागरिक वडापत्र र वैङ्किङ प्रणालीमा सेवा प्रवाहकाे थालनी पनि गर्नु भएकाे थियाे ।

करिव ५० वर्षदेखि लालपूर्जा विहिन १५०० घरधनी सर्वसाधारणकाे लागि लालपुर्जा वितरण गर्नुभएकाे थियाे र आफ्नै पहलमा कार्यालको भवन समेत निर्माण गर्नुभएकाे थियाे ।

वहाँ नापी क्षेत्रबाट प्रवल जनसेवा श्री पाउने पहिलाे कर्मचारी हुनुहुन्छ । हाल वहाँ नापी कार्यालय साँखुमा कार्यालय प्रमुख हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »