हावाहुरीका कारण अहिले सम्म ३१ जनाकाे निधन, केहिकाे अवस्था गम्भिर

काठमाडौं – आईतवार अचानक आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३१ जनाको निधन भएको छ भने केहि घाईतेको अवस्था गम्भिर रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापना गरेकाे हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरका अनुसार उपचारका लागि काठमाडौं ल्याइएका ११ जना बिरामी मध्ये २ जना बिरामीको अवस्था गम्भिर रहेको खबर प्राप्त भएको छ।

राज्यमन्त्री डा. यादवका अनुसार हालसम्म नारायणी अस्पतालमा उपचारार्थ १२० जना घाइतेहरू मध्ये ६ जना घाइतेहरूको मृत्यु भएको, नेशनल मेडिकल कलेजमा उपचारार्थ १९० जना घाइतेहरू मध्ये ३ जना घाइतेहरूको मृत्यु भएको, विरगंज हेल्थकेयर युनिटमा ३९ जना घाइतेहरू मध्ये १ जना घाइतेको मृत्यु भएको छ। त्यस्तै कलैया अस्पतालमा २०६ जना, गण्डकी हस्पिटलमा २८ जना, एडभान्स हस्पिटलमा २० जना र तराई हस्पिटल वीरगंजमा २ जना घाइतेहरू गरी ५९५ जनाकाे उपचार भइरहेकाे समचार छ।

बारा स्वास्थ्य सेवा विभागका अनुसार काठमाडाैंकाे नेपाल मेडिसिटी अस्पतालबाट पनि चिकित्सक सहितको टोली आवश्यक चिकित्सकीय उपकरण सहित बारा पुगिसकेको छ भने प्रदेश २ काे सरकारले मृतकका परिवारलाई ३ लाख राहत दिने र घाइतेकाे उपचार पनि सरकारले नै गरीदिने निर्यण गरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *